माफी नमागेसम्म माधव-झलनाथलाई एमालेमा ‘नो इन्ट्री’

काठमाडौ,१० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएको गल्ती स्वीकार नगरेसम्म माधव-झलनाथलाई एमालेमा नभित्र्याउने बताएका छन् ।

अध्यक्ष ओलीले प्रभु शाह नेतृत्वको पार्टीबाट बिद्रोह गरि एमाले प्रवेश गरेका नेताकार्यकर्तालाई स्वागत गर्दै माधवकुमार नेपाल र झलनाथ खनाल बारे यस्तो टिप्पणी गरेका हुन् ।’मेरो नेतृत्वको दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नेहरुलाई यत्तिकै पार्टीमा फर्काउने कुरै हुँदैन’- अध्यक्ष ओलीले भने-‘घातीहरुले गल्ती भो भनेर माफी नमागेसम्म एमाले पार्टीमा नो इन्ट्री।’

मधेश प्रदेश सभाका पूर्वसांसद कुन्दन कुशवाह सहितका नेताहरुलाई पार्टी प्रवेश गराउँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सग्लो एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाएका नेपाल, खनाल लगायतका नेताहरुले एमालेमा आउनुअघि आफ्नो गल्ती स्वीकार गर्नुपर्ने बताए ।

ओलीले अगाडी थपे-‘उनीहरूलाई दुईतिहाइको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन । गल्ती महसुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ । अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तिब्रताका साथ रहेको छ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय