त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ३ जना सिफारिस

काठमाडौं,६ फागुन ।त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस भएको छ।

शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको हो। सिफारिस भएका नाम मध्य पोखरा विश्वविद्यालयका पुर्व उपकुलपति डा.केेेशरजंग बराल सहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमला छन् ।

पहिलो सूचना विवादमा परेपछि दोस्रोपटक सूचना निकालेको सिफारिस समितिले दरखास्त आह्वान गर्दा ४३ जनाले निवेदन दिएका थिए । तीमध्येबाट समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो।

समितिले ३ जनाको नाम प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको र अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्ने स्रोतको भनाइ छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय