पूर्वसचिव भीम उपाध्याय भ्रष्टाचारमा मुछिए, मुद्दा दर्ता

काठमाडौं,६ फागुन । अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियार स्रोतले जनाएको छ ।
पछिल्लो समय राजनीतिक दलका नेताकार्यकर्ता विरुद्ध बोलेर उपाध्याय मिडिया एवं सामाजिक संजालमा रुचाइएका पात्र बन्ने गरेका छन् ।
यसैगरी मुद्दामा मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ ।

