कांग्रेस महासमिति बैठक स्थल (तस्बिर सहित)

काठमाडौ,६ फागुन । भोलिदेखी ललितपुरको गोदावरी स्थित सनराइज सम्मेलन केन्द्रको हलमा नेपाली कांग्रेसको महासमिति बैठक सुरु हुनेछ ।
फागुन ७ देखि १० सम्म चल्ने बैठकले लिने निर्णयले अबको कांग्रेसले लिने दिशा र सत्ता राजनीतिमा समेत महत्त्व राख्नेछ। यस अघि ४ पटक स्थगित भएर हुनलागेको यो महासमिति बैठकको आवश्यक तयारी पुरा भएको कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार दिउसो १ बजे महासमिति बैठक उद्घाटन गर्ने कार्यक्रम छ । देशका १६५ निर्वाचन क्षेत्रबाट ११ जनाको दरले महासमिति सदस्य बैठकमा सहभागी हुनेछन् । त्यसैगरी पार्टी केन्द्रिय समिति,प्रदेश सभापति,जिल्ला सभापति र भ्रातृसंगठनका संयोजक एवं सभापतिलाई बैठकमा सहभागी गराइनेछ।

आजदेखि नै मिडिया सेन्टर स्थापना गरिएको महासमिति बैठक स्थलबाट उद्घाटन र समापनको लाइभ हुनेछ भने बाकी दिन प्रत्येक २ घन्टामा हलभित्रको अपडेट गराइने कांग्रेस प्रचारप्रसार समितिले जनाएको छ।


