कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, कम्तिमा ३० घाइते

कपिलवस्तु, ३ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको सुरही पुल नजिकै रात्रिबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सुनौलो महाकाली यातायात अन्तर्गतको सु.प प्र ०२-००१ ख ००९८ नम्बरको बस राति करिब २ बजेको समयमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी १० जनाको घटनास्थलमै ज्यान गएको हो भने कम्तिमा ३० जना घाइते छन् । घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस पुलबाट करिब २०० मिटर तल खसेको थियो । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय