एकदिवसीय श्रृंखला: नेपाल र क्यानडाबीचको खेल आज

काठमाडौं, २५ माघ । नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदै छ । तीन खेलको श्रृंखला अन्तर्गतको पहिलो खेल आज विहान सवा ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ ।

नेपालको कप्तानी रोहित पौडेल तथा क्यानडाको कप्तानी साद बिन जाफरले गर्नेछन् । नेपाल घरेलु मैदान र घरेलु समर्थकको साथले जीतका साथ श्रृंखलाको सुरुवात गर्न चाहने छ ।

नेपाली क्रिकेटको सफल प्रशिक्षक पुबुदु दासानायके अहिले क्यानडाको प्रशिक्षक छन् । उनलाई नेपालको वातावरण, टियुको पिच तथा खेलाडीको बारेमा धेरैकुरा थाहा छ । मोन्टी देशाई आउनुभन्दा अघि उनी दोस्रोपटक नेपालको प्रशिक्षण सम्हालेका थिए ।

नेपालले क्यानडा सिरिजमा युवा खेलाडीहरु आकाश चन्द, हेमन्त धामी र रिजन ढकाललाई पहिलो पटकलाई मौका दिएको छ । करण केसी र गुलशन झा भने यस सिरिजमा छैनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय