काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बुढाथोकीको निधन

काठमाडौं, २३ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । मिर्गौलासम्बन्धी रोगबाट पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनको निधनको पुष्टि गरेका छन्। ‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल, खासगरी झापाको भूमिमा उहाँको ठूलो रिक्तता अनुभुती हुनेछ,’ शर्माले सामाजिक सञ्जालमा शोक सन्देश लेख्दै भनेका छन्।

झापाको शनिश्‍चरे निवासी बुढाथोकी उनी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सामान्य प्रशासन मन्त्री बनेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय