दाङमा प्रहरी जवानले श्रीमती र छोराको ज्यान लिए

आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण

दाङ २१ माघ । दाङमा एक प्रहरी जवानले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान ३२ वर्षीय पिमलाल नेपालीले श्रीमती र छोराको ज्यान लिएका हुन् । ‍

घोराही स्थित सुपर ग्रिन पिस होटलमा २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्तको हत्या गरेपछि उनी आफैँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका थिए ।

श्रीमती र छोरा आफूलाई भेट्न आएपछि उनी घर जान्छु भनी बिदा मागेर गएका थिए । गएराति सँगै बसेका उनीहरुबीच विहान आपसी विवाद हुँदा घाँटी थिचेर दुवैजनाको हत्या गरेको उनले बयान दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय