फ्रेन्च लिगमा साम्बाको डेब्यु

काठमाडौं, २० माघ । नेपाली राष्ट्रिय फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रेन्च क्लब इए गोइगाम्पको टोलीबाट डेब्यु खेल खेलेकी छन् ।
शनिबार बोर्डेक्ससँगको खेलमा उनी सब्सटिट्युट भएर खेलेकी हुन् । २८ नम्बर जर्सी लगाएर साम्बा मैदानमा उत्रिएकी थिइन् ।
खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका छन् । साबित्रालाई फ्रेन्च क्लबले बिहिबार अनुबन्ध गरेको थियो ।

