एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं, २० माघ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको आह्वानमा शनिबार र आइतबार संसदीय दलको बैठक बस्न लागेको हो ।
‘शनिबार १२ बजेबाट संसद् भवनमा दलको बैठक बोलाइएको पार्टीका प्रमुख सचेतक पदम गिरीले जनाए । बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् ।
संसद्मा प्रतिपक्ष भएको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा पनि ओलीले ब्रिफिङ गर्ने बताइएको छ । संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दैछ ।

