कन्काइको कथा र ब्यथा (फोटो फिचर)

झापाको मध्य भागजस्तो भएर बग्ने कन्काइ नदी पुर्वमा सप्तकोसी पछिको ठुलो र फराकिलो नदी हो। महेन्द्र राजमार्ग र हुलाकी राजमार्गमा यात्रा गर्दा यो नदी तर्नुपर्छ।
महेन्द्र राजमार्गमा रहेको पूल मर्मत चलिरहेको छ भने हुलाकी राजमार्ग भएर हिड्नेका लागि कन्काइमा पुल छैन। पुल बन्न लागेको बर्षौ भैसक्यो तर निर्माणकार्यले गति लिएकै छैन। जसले गर्दा झापाको हल्दिबारी गाउँपालिका,बार्हदशी गाउँपालिका र झापा गाउँपालिका तथा गौरादह र गौरीगन्ज सहित मोरङको रङ्गेली हुँदै बिराटनगर जानका लागि कष्ट छ।
हाल कन्काइमा बासको भाटाबाट धरापयुक्त अस्थायी पुल बनाइएको छ । त्यो पनि सरकारी निकायले होइन । ब्यक्तिले बनाएको त्यो पुलमा ओहोरदोहोर गर्नेले ३० रुपैयाँ देखि २०० सम्म तिर्नुपर्छ । स्थानीय युवाले नदी किनारमै ढाट तेर्साएर पैसा लिन्छन् तर रसिद पनि दिदैनन।
यो कार्य गैरकानुनी देखिएपनि ती युवाको तीन पुस्ताले गर्दै आएको नियमित पेशा हो यो। बर्षायाममा ज्यानै जोखिममा राखेर काठको डुङ्गा मार्फत ओहोरदोहोर गराउछन भने हिउँदमा बासको फड्के राखेर ।
हेरौं तस्बिरमा कन्काइको कष्ट !



