पोखरामा एटिएम मेसिन फोड्दै गरेका व्यक्ति पक्राउ

पोखरा, १६ माघ । पोखराको जिरो किलोमा एटिएम मेसिन फोडेर चोरीको प्रयास गर्दै गर्दा एक व्यक्ति समातिएका छन् । आइतबार राति पौने १२ बजे समयमा पोखरा महानगरपालिका वडा नं. ५ जिरो किलोमिटरस्थित एनएमबी बैंकको एटीएम फोड्ने प्रयास भएको हो ।

एटीएम फोड्दै गरेको अवस्थामा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ घर भइ हाल पोखरा-१७ बिरौटा बस्ने २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेललाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएका टोलीले पक्राउ गरि जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

पोखरामा यसअघि पनि पटकपटक एटिएम मेसिन फोडेर चोरी गर्न खोजेको घटनाहरु हुँदै आएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय