काठमाडौंको तापक्रम आज केही बढ्यो

काठमाडौं, १५ माघ । पछिल्लो केही दिन निरन्तर रेकर्ड ब्रेक गर्दै आइरहेको काठमाडौंको तापक्रम सोमबार भने केही बढेको छ । आइतबार यो वर्षको अहिलेसम्मकै चिसो बनेको काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको छ। आइतबार न्युनतम तापक्रम २.१ डिग्री सेल्सियस देखिएको थियो ।

आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान पौने ९ बजे पुनः मापन गरिन्छ । त्यसबेला तापक्रम विहानभन्दा केही घटेर आउँछ । आज दिनभर उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहने महाशाखाले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय