राजेन्द्र लिङ्देन र रेखा थापाको दोहोरी !

काठमाडौं, १४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र सोही पार्टीकि नेतृ एवं नायिका रेखा थापा बीच आरोप प्रत्यारोप सुरु भएको छ।

अध्यक्ष लिङ्देनले आफ्नै पार्टीकि केन्द्रिय कार्यसम्पादन नेतृ समेत रहेकी नायिका थापालाई बच्चा जन्माउन अमेरिका गएको आरोप लगाएको भोलिपल्ट नायिका  थापाले पनि लिङ्देनले छोरीलाई अमेरिका पठाइसकेको खुलाशा गरिदिइन।

अध्यक्ष लिङ्देनको अभिव्यक्ति प्रति अभिनेत्री तथा सोही पार्टीकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य रेखा थापाले आपत्ति जनाएकी छन् ।शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले रेखा थापातर्फ इङ्गित गर्दै बच्चा जन्माउनका लागि अमेरिका गएकोप्रति कटाक्ष गरेका थिए । उनले एउटी महिलाले पहिलोपटक पाउने सन्तान अब यो धर्तीमा जन्माउन नचाहने अवस्था आएको बताएका थिए ।

उक्त कटाक्षपछि नायिका थापाले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत जवाफ फर्काइन।रेखाले आक्रोश पोख्दै भनिन-‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ! अमेरिकामा किन राखेको ?’

राप्रपा अध्यक्ष लिङदेनकी छोरी अमेरिकामा छिन् । रेखा थापाले त्यसैको आधारमा अझै अगाडी लेखेकी छन्-‘ छोरी अमेरिका पठाउने अनि जनताका बिचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो ?’

रेखाले कोशी प्रदेशमा सभामुख लिएको बिषयलाइ समेत कटाक्ष गरेकी छिन् ।उनले भनेकी छिन्-‘राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोशीमा भ्वाङ्ग परेपछि, बिरालाहरू खाँबो कोतर्दै छन रे त ! आफ्नो छोरा मिसनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बिचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नि ?’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय