चाम्लिङ राई दोवालिछा समाजको इतिहास बंशावली पुस्तक बिमोचन

काठमाडौ,१४ माघ ।चाम्लिङ किरात राई दोवालिछा समाजको इतिहास र बंशावली पुस्तक बिमोचन कार्यक्रम काठमाडौमा सम्पन्न भएको छ।

किराँत दोवालिछा समाजको आयोजना र रामकुमार राइको अध्यक्षतामा भएको कार्यक्रममा किराँत राई प्रज्ञा परिषदका कुलपति जयकुमार राईले प्रमुख अतिथिको रुपमा बंशावली पुस्तक बिमोचन गरेका थिए।

सो अवसरमा किराँत राई यायोक्खा अध्यक्ष तिलक चाम्लिङ, अन्तर्राष्ट्रिय समितिका अध्यक्ष आनन्द चाम्लिङ,ब्रीटेन समिति सदस्य राजकुमार चाम्लिङ,इन्द्रकुमार राई ,एनबी चाम्लिङ,जीवन राई ,जेबी चाम्लिङ,बिजया चाम्लिङ,अशोक चाम्लिङ,बिष्णु चाम्लिङ,प्रकाश चाम्लिङ,पवन चाम्लिङ लगायतको विशेष आतिथ्यता र शुभकामना दिएका थिए।

कार्यक्रममा बंशावली लेखन एवं प्राध्यापक एन.बी चाम्लिङले स्वागत मन्तव्य सहित लेखन र इतिहास बारे जानकारी गराएका थिए। सो पुस्तकमा देशभर छरिएर रहेका चाम्लिङ राईको बंशावली उल्लेख छ। संस्कृति एवं पर्यटनमन्त्री सुदन किराँतीदेखि अन्य बिशिस्ट ब्यक्तित्वले पुस्तकमा शुभकामना दिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय