आहा ! रारा पोखरा गोल्डकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु हुँदै

पोखरा, १३ माघ । पोखरामा जारी २३औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदै छन् ।
शनिबार पहिलो क्वाटरफाइनलमा थ्रीस्टार क्लब र भुटानी क्लब पारो एफसी खेल्ने छन् । खेल पोखरा रङ्गशालामा दिउँसो २ः३० बजेदेखि सुरु हुने छ ।
थ्रीस्टार पहिलो खेलमा आयोजक सहारा क्लबलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने पारो एफसी वाइ पाएर सोझै क्वाटरफाइनलमा खेल्ने भएको हो ।

