राष्ट्रिय सभाको निर्वाचन किन र के को लागि ?

ताराप्रसाद पोख्रेल

राष्ट्रिय सभाको लागि फागुन २० देखि रिक्त हुने १९ सिटमा बिहिवार निर्वाचन सम्पन्न भएर नतिजा पनि सार्बजनिक भयो। नतिजा सार्वजनिक भएसंगै सत्ता गठबन्धन र एमाले-राप्रपा गठबन्धनमा तिक्तता पनि बढ्यो। एक जना बाहेक १८ स्थानमा सत्ता गठबन्धनका उम्मेदवारले बिजय हासिल गरे । तर,प्रदेश १ को एउटा सिट एमालेले राप्रपासंग तालमेल र सत्ता गठबन्धनबाट थप तानतुन पारेर जित्यो।

अरु प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारले जिते भने प्रदेश १ मा एमालेको गठबन्धन र काङ्ग्रेसको गठबन्धनले बिजय हासिल गरे। तर राष्ट्रिय  सभामा एमालेको साइज धेरै खुम्च्चियो। माओवादी पहिलो दल बन्यो भने कांग्रेस दोस्रो र एमाले तेस्रोमा पुग्यो।

संबिधानमा राष्ट्रिय सभामा बिज्ञहरुलाई लगिने छ भन्ने उल्लेख भएपनी बिगतमा चुनाबमा हारेका , देशको लागि कुनै योगदान नभएका पार्टीका बफादार अनि आर्थिक शक्ति बलियो भएका र कुनै बिज्ञता नभएका ,पार्टीले सिन्डिकेट खडा गरि मतदाताहरुलाई  स्वतन्त्र रुपमा मतदान गर्न दिइएन । १ नं प्रदेशको राजनिती अरु प्रदेशको भन्दा फरक देखिदैछ । त्यसैले माओबादी नेता बर्षामान पुनले कांग्रेसको एक समुहले धोका दियो र गठबन्धनमा दरार ल्याउने काम गर्दैछ भन्दैथिए । १ नं प्रदेश बाहेक अरु प्रदेशमा गठबन्धन दलहरुले इमानदारीता देखाएको कारण गठबन्धन दलहरुले बिजय हासिल गरेर सकिन लागेको माओवादीको स्थान कांग्रेसले  माथी ल्याएर राष्ट्रिय सभामा ठूलो दल बनाइदिदा पनि माओवादीले असन्तुष्टि ब्यक्त गर्नु बेकार छ ।

प्रदेश १ मा कांग्रेसका प्रभाबशाली नेता शेखर कोइराला छ्न । उनी राष्ट्रिय राजनीतिमा मात्र होइन कांग्रेसको एउटा ठूलो समुहको नेतृत्व गर्ने कांग्रेस भित्र कोइराला परिवारको राजनीतिको बिरासत कायम राख्ने हैसियतमा पुगेका नेता भएको कारण आफ्नो क्षेत्रमा प्रभाव देखाउन पनि खोज्दैछ्न । प्रदेश १ को सरकार गठन गर्दा एमालेले काङ्ग्रेसलाई सहयोग गरेको गुन जसरी भएपनी फिर्ता गरेका हुनसक्छन् । प्रदेश १ को राजनितीमा भएको राजनैतिक खिचातानी केदार कार्की मुख्यमन्त्री भएसंगै अलि मथ्थर भएको छ । यो मथ्थर पार्ने काम पनि शेखर समुहले नै गरे ।

शेखर समुह कहिलै गठबन्धन गर्ने पक्षमा थिएन र उनी माओवादीलाई मन पराउदैन थियो । त्यही कारण केपी ओलीको चतुर्‍याइँ र राप्रपाको सहयोगबाट एमाले उम्मेदवारले जितेका हुन । अब भोट क्रस गर्ने कारण पनि कि पैसाको चलखेल हुनुपर्छ कि कुनै पदको लालच दिएर भोट क्रस गराउन लगाएको पनि हुनसक्छ । राष्ट्रिय सभाको चुनावलाई  बौद्धिक बनाउने नभएर काम नलाग्ने पार्टीलाई बफादार मात्र पार्टीले उम्मेदवार बनाएर मतदाताको चित्त नबुझेको पनि हुन सक्छ भने अर्को शेखर र ओलिको भित्रि अर्को मिनि गठबन्धन भएको पनि हुन सक्छ । राजनीति सजिलो र सिधा रेखामा हिड्दैन र बढो अफ्ट्यारो बाटो पनि रोज्दछ । यहि बाटो प्रदेश १ ले लियो । जसरी जुन बाटो लिएपनी प्रदेश १ बाहेक अरु प्रदेशमा गठबन्धनले बिजय हासिल गरेर यसपटकको राष्ट्रिय सभाको चुनाबमा एमाले बिहिन बनाएर अरु पार्टीलाई माथी पुर्याउन काङ्ग्रेसको महत्वपूर्ण भुमिका छ । हुन त काङ्ग्रेसले पनि १० जना साँसद यसपटक राष्ट्रिय सभामा पुर्यायो । उसलाई पनि फाइदा नै भयो । जति ठूलो हुन्छ उति उसलाइ साख जोगाउन मुस्किल पर्छ । हार बेहोरे राजनितिमा ठूलो असर पर्छ । त्यसैले सानो दललाई  भन्दा ठूलो दललाई ठूलो डर हुन्छ । सानो दल जसै भएपनी सानै थियो हारेपनी उसलाइ केही फरक पर्दैन ।

दलहरुले सहि ढंगले लोकतन्त्रलाई बचाउन आफ्नो तरिकाले भुमिका खेलेको भए हुने थियो पार्टीका राम्रा र समाबेशी किसिमले उम्मेदवार बनाएर जिताएको भए हुनेथियो त्यो बिल्कुल नभएकोले लोकतन्त्रमा बिश्वास गर्नेहरुलाई पनि ससंकित बनाएको छ । एमालेका ओलि त राजेन्द्रको पुच्छर नसमाती बैतरणी नदि पार गर्न सक्दैनन ।

उनको गठबन्धन पनि तिनै प्रतिक्रियावादीसंग हितचित मिल्छ किनकी उनिपनी पुर्बराजा ज्ञानेन्द्रको जस्तो निरंकुश सत्ता चलाउन खोज्ने अर्का ज्ञानेन्द्र हुन खोजेका हुन । मानिस अलग भएपनि चरीत्र एउटै हो। होइन भने पुर्ब राजासंग चाहिँ पौठेजोरी खोज्नु अनि उनैले हुर्काएको राप्रपाको नेता राजेन्द्र लिङ्ग्देनसंग चाहिँ घाँटी जोड्नुको अर्थ के हो ?  जे जसरी राष्ट्रिय सभाको चुनाब भएपनी राष्ट्रिय सभाको खासै काम नदेखिएकोले यो सदनको जरुरी त्यति देखिएन । सबै विधेयक प्रतिनिधि सभाबाट उत्पति भएर जान्छ्न । यसो देखाउन मात्र राष्ट्रिय सभामा लगिन्छ । त्यो लानुको अर्थ चाहिँ राष्ट्रिय सभामा बिज्ञ साँसद हुन्छ्न र केही भरपर्दो र राम्रो सुझाब दिएर प्रतिनिधि सभामा फिर्ता पठाइदिएर सहयोग गर्ने सस्था सम्झेर परिकल्पना गरेपनी यस्तो निर्वाचनले बिज्ञ भन्दा पनि पार्टीका झोले पठाउदा केही अर्थ रहेन यो सदनको ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...