राष्ट्रिय सभामा सिटौला बल्ल बल्ल विजयी

बिराटनगर,११ माघ।कोशी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।
बिहीबार भएको मतगणनाबाट सिटौला निर्वाचित भएका हुन्। उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए। तर, गठबन्धनका २ सांसदको भोट उनले पाएनन् । प्रदेशको मत गन्दा पछि परेका उनी बल्ल -बल्ल स्थानीय पालिकाको मतबाट विजयी बने।
कोशीमा सत्ता गठबन्धन कै अर्कि उम्मेदवार चम्पादेवी कार्की पराजित भइन। उनले गठबन्धन भित्रकै ३ सांसदको भोट पाइनन् ।

