यु-१९ विश्वकप क्रिकेट: नेपाल पाकिस्तानसँग खेल्दै

काठमाडौं, १० माघ । शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु भएको आइसीसी यू–१९ क्रिकेट विश्वकपमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ । नेपाल र पाकिस्तानबीच आज दिउँसो पौने २ बजेदेखि खेल हुने छ ।
नेपालले पाकिस्तानसँग गत महिना यु-१९ एसिया कपमा पनि खेलेको थियो जसमा नेपाल ७ विकेटले पराजित भएको थियो । पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग जीत निकालिसकेको छ । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो ।
प्रतियोगितामा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तानसँग परेको छ । अफगानिस्तानसँग पनि नेपालले अघिल्लो महिना एसिया कपमा खेलिसकेको छ ।
नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

