समर्थन फिर्ता लिँदै जनमत पार्टी मधेश सरकारबाट बाहिरियो

धनुषा, ९ माघ । सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
जनमत पार्टीबाट मधेश प्रदेश सरकारमा शिक्षा तथा संस्कृति मन्त्री रहेका महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री रहेका चन्दन सिंहले मंगलबार राजीनामा दिएसँगै पार्टी सरकारबाट बाहिरिएको हो ।
सरकार गठन भएको एक वर्षपछि सरकारको नेतृत्व जनमतलाई दिने सहमति पालना नभएको भन्दै बाहिरिएको जनमत पार्टीले जनाएको छ ।

