न्युजिल्यान्डसँग नेपाल ६४ रनले पराजित

काठमाडौं, ७ माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ ।

जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ मात्रै बनाउन सक्यो । नेपालका अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै ९० रनको इनिङ खेले । कप्तान देव खनालले ३६ रन बनाए । अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।

इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि स्‍नेहिच रेड्डीले १४७ रनको अविजित शतकीय पारी खेले । त्यस्तै कप्तान ओस्कर ज्याक्सनले ७५ रन बनाए । नेपालका लागि स्पिनर सुवास भण्डारीले तीन विकेट लिँदा गुलशन झाले २ विकेट लिए ।

नेपालले अब आफ्नो दोस्रो खेल बुधबार पाकिस्तानसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय