दाङमा रात्रीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु

चालक घाइते, अन्य यात्रु सकुशल

दाङ, ८ माघ । दाङमा रात्रीबस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ । बर्दियाबाट काठमाडौं आउँदै गरेको प्रदेश ३- ०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति करिब ११ बजे लमही नगरपालिका-९ को जंगल क्षेत्रमा दुर्घटनामा परेको हो ।

दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिकाका– १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस भित्तामा ठोक्किएको र आत्तिएर हाम फाल्न खोज्दा च्यापिएर उनीहरुको ज्यान गएको हो ।

चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनामा चालक मात्रै घाइते छन्। बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुशल रहेको प्रहरीले बताएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय