आइसिसी यु-१९ विश्‍वकपमा नेपालले आज न्युजिल्यान्डसँग खेल्दै

काठमाडौं, ७ माघ । शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु भएको आइसीसी यू–१९ क्रिकेट विश्वकपमा नेपालले आज पहिलो खेल खेल्दै छ । नेपाल र न्युजिल्यान्डबीच आज दिउँसो पौने २ बजेदेखि खेल हुने छ ।

नेपालले आठ वर्षपछि यु१९ विश्‍वकप क्रिकेट खेल्न लागेको हो । यु१९ क्रिकेटमा हालसम्म दुईपटक न्युजिल्यान्डसँग खेलेको छ जसमा दुवैपटक नेपाल विजयी भएको छ । सन् २००६ मा कनिश्क चौलागाइको कप्तानीमा प्लेट च्याम्पियनसिपको फाइनल तथा सन् २०१६ मा राजु रिजालको कप्तानीमा नेपालले विश्वकपमा न्युजिल्यान्डलाई हराएको थियो । नेपाल सोही इतिहास दोहोर्‍याउने सोचमा हुने छ ।

प्रतियोगितामा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तानसँग परेको छ । पाकिस्तान र अफगानिस्तानसँग नेपाल अघिल्लो महिना एसिया कपमा पनि खेलिसकेको छ ।

जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

प्रतियोगिता सुरुमा श्रीलंकामा हुने तय भएपनि श्रीलंकाको क्रिकेट बोर्ड निलम्बनमा परेसँगै दक्षिण अफ्रिकामा सारिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय