बागमतीमा बग्यो २१ अर्ब, अवस्था उस्तै (तस्वीरहरु)

बागमतीका लागि काम गर्ने सामाजिक संघ संस्था र स्थानीय जनता अनि सरोकारवाला राज्यको निकायलाई बागमती नदीले प्रश्न सोध्ने समय आइसक्यो । ब्यक्तिले प्रश्न सोध्न खोज्दा तर्किने सरोकारवाला निकायका जिम्मेवार महानुभावहरु के तपाईंलाई  जानकारी छ ? बागमतीमा कसरी बग्यो २१ अर्ब ?

बागमती सरसफाइ, ढल ब्यबस्थापन र नदीको ब्युटीफिकेसन(सौन्दर्यकरण)का लागि अहिलेसम्म खर्च भएको रकम कसरी र कहाँ अनि कसले खर्च गरे ? यतिबेला यसको जवाफ दिनसक्ने सामर्थ्य कसैसँग छैन। सरकारले मात्रै होइन बागमती सफाइ र ढल ब्यबस्थापनदेखि स्वच्छ बागमतीको नारा घन्काएर नथाक्ने दर्जनौं संघ संस्था समेत प्रश्नसंग डराउछन् ।

बागमतीको पानी सङ्लो बनाउने नाममा यति धेरै संस्था र ब्यक्तिले आफ्नै स्वार्थ अनुकुल काम गर्दा बागमती मात्रै होइन अब सफा बागमती भन्ने कुरा समेत धमिलो बनाइसके । सरकारी निकाय बाट पैसा ल्याउने तर काम नगर्नेहरुको खोजी गरी त्यसको हिसाबकिताब अब माग्नुपर्छ।

२०६६ साउन २७ देखि बागमती संग्लो बनाउने अभियान नै थालियो।तर,अहिलेसम्म न बागमती सफा भयो न पैसा सदुपयोग गरियो। आखिर कहाँ गयो अर्बौं रुपैयाँ ? कसले खायो ?पशुपतिनाथ र गुहेश्वरीको मन्दिर  दर्शनका लागि आउने भक्तजनले कहिले सफा बागमतीमा डुबुल्की मार्न पाउछन् ?

हेरौं यो तस्वीर । जसले तपाईंलाई लज्जाबोध हुन्छ कि ?

पहेंलो पुल नजिक बागमती नदी

गुहेश्वरी मन्दिर अगाडी बागमती

अधिकार सम्पन्न बागमती कार्यालय अगाडी

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय