‘अग्निपथ’ योजनाको विरोधमा भारत बन्द, ठाउँ ठाउँमा झडप

एजेन्सी । सेनामा भर्ना सम्वन्धि अग्निपथ नामक योजनाको विरोधमा सोमबार कैयौं संगठनले भारत बन्दको आयोजना गरेका छन् । बन्दका क्रममा विभिन्न स्थानमा झडप भएका छन् ।

रेल सेवा पनि ठप्प छ । सडकमा अर्धसैनिक बल खटाईएको छ । भारतीय संचारमाध्यमका अनुसार विरोध प्रदर्शनका कारण देशभर करिब ५ सय रेल प्रभावित भएका छन् । विहार, पश्चिम बंगाल, पंजाव र उत्तर प्रदेशमा हाई अलर्ट घोषणा गरिएको छ । सत्ता चलाइरहेको भारतीय जनता पार्टीका कार्यालयमा सुरक्षा बढाईएको छ ।

सुरक्षा संवेदनशिल भएका क्षेत्रमा इन्टरनेट काटिएको छ । राजधानी नयाँदिल्लीमा रेलवे स्टेशनको सुरक्षाका लागि कमाण्डो परिचालन गरिएको छ ।

सरकारले चार वर्ष कार्यावधि मात्रै भएको सैन्य सेवामा भर्ती खोलेपछि लामो समयदेखि तयारीमा रहेका युवा सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीले अहिलेसम्म आधा दर्जन रेलमा आगो लगाइसकेका छन् । विरोध चर्केपनि सरकारले आफु योजनाबाट पछि नहट्ने प्रष्ट्याइसकेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...