मित्रमिलन सहकारी प्रकरण: लेखा संयोजक अधिकारी धरौटीमा रिहा

पोखरा, ३ माघ । मित्रमिलन सहकारीका लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् । मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश वसन्तजंग थापाको इजलासले उनलाई ७ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको मुद्दामा प्रहरीले सहकारीका सञ्चालक समितिका पदाधिकारीसहित ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा उनी गत बुधबार पोखराको कसेरी बौरीबोटस्थित घरबाटै पक्राउ परेका थिए ।

ठगी मुद्दामा मंगलबार थुनछेक बहस भएकोमा न्यायाधीश थापाको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । अधिकारी आर्वा विजय मावि पोखरा–१३, ढाँडबेसीका शिक्षक समेत हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय