हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड

काठमाडौं, २ माघ । हिमालयन बैंकले अध्यक्षका रुपमा पुन: प्रचण्डबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । यो उनको दोस्रो कार्यकाल हो।

बैंकको साधारण सभा पछि बसेको संचालक समितिको बैठकले प्रचण्ड श्रेष्ठलाई दोस्रो पटकका लागि सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

संस्थापक शेयरधनीबाट श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल,सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे निर्बिरोध निर्वाचित तथा सर्बसाधारण शेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय