दाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

काठमाडौं,२८पुस।दाङमा भएको बस दुर्घटनामा एक महिला सहित १२ जना यात्रुको मृत्यु भएको छ।
दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने अन्य १७ यात्रु घाइते छन् ।घाइतेको बुटवल र नेपालगन्जमा उपचार भैरहेको छ।

शुक्रबार राती नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस राति १०:३० बजेतिर पुलबाट राप्ती नदीमा खसेको थियो ।

प्रहरीले १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको जनाएको छ । मृतकहरुको सनाखत भने हुन बाकी छ।पुलको रेलिङ भाँच्दै बस राप्ती नदीमा खसेको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय