सन्दीप लामिछाने क्यानको निलम्बनमा, कुनैपनि प्रतियोगिता खेल्न नपाउने

काठमाडौं, २६ पुस । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बित गरेको छ । क्यानले बिहिबार विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको जानकारी गराएको हो ।

काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।

बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुनाएको थियो ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछाने विरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय