विद्युतीय प्रणाली अध्यावधिका लागि नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द हुने

काठमाडौं, २५ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली ३ दिन बन्द हुने भएको छ । विद्युत मर्मत सम्भार गर्नु पर्ने भएकाले तीन दिन बन्द गर्न लागिएको हो ।

पुस २६ गते बिहीबार बेलुका ५ बजेदेखि पुस २८ गते शनिबार ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने नेप्सेले जनाएको हो ।

विद्युतीय प्रणालीलाई अध्यावधिक गर्नुपरेकाले बन्द गर्न लागिएको बताइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय