बमजनलाई जहाजमार्फत जनकपुर हुँदै सर्लाही लगिने

काठमाडौं, २५ पुस । रामबहादुर बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जहाजमार्फत जनकपुर हुँदै सर्लाही लैजाने भएको छ । सीआईबीले बुधबार बमजनलाई सार्वजनिक गर्दै अब उनीविरुद्धको मुद्दा जिल्ला अदालत सर्लाहीमा अघि बढ्ने जनाएको छ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बम्जनलाई बुधबार नै जहाजमार्फत जनकपुर पुर्‍याएर त्यहाँबाट गाडीमा सर्लाही लगिने बताए।  २०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा आनीका रूपमा रहेकी एकजनालाई बलात्कार गरेको आरोप बम्जनमाथि लागेको छ।

तिनै पीडितको जाहेरीका आधारमा चलेको मुद्दा अहिले जिल्ला अदालत सर्लाहीमा विचाराधीन छ। त्यही मुद्दाका प्रतिवादी उनीविरुद्ध अब सर्लाहीमा अनुसन्धान अघि बढ्नेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय