पोखराबाट पाल्पा जाँदै गरेको जीप भिमादमा दुर्घटना हुँदा दुईको मृत्यु

तनहुँ, २५ पुस । तनहुँको भिमादमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीबाट करिब १५० मिटर तल खसेको हो।

दुर्घटनामा परी १२ जना घाइते भएकामा रुम बहादुर बिक र जेमलाल दरैकोको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अन्य घाइते १० जनामध्ये ७ जनाको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारका लागि तीनजना घाइतेलाई पोखरा पठाइएको छ ।

घुम्तीमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय