घनश्‍याम निर्देशित ‘चित्रा’को प्रिमियर शो सम्पन्‍न

काठमाडौं, २४ पुस । फिल्म ‘चित्रा’ को प्रिमियर शो सम्पन्‍न भएको छ । घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्रको सोमबार साँझ काठमाडौँमा प्रिमियर शो गरिएको हो । प्रिमियरमा नेपाली फिल्मकर्मीहरुको उपस्थिति थियो।

पारिवारिक कथावस्तुमा बनेको यस फिल्मले बुवाछोरीको सम्बन्धको कथा भनेको छ । महेश पौडेलको छायांकन रहेको फिल्ममा मनिष गौतमको पटकथा/संवाद तथा लेखन छ।

प्रिमियर हेर्न पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म राम्रो बनेको बताउँदै निर्माण टिमको प्रशं‍सा गरेका थिए । फिल्मको प्रिमियरमा गौरी मल्ल, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, निर्मल शर्मालगायतको उपस्थिति थियो ।

चलचित्रमा डेब्यू अभिनेता सन्तोष अधिकारी अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकाललगायतको पनि अभिनय छ ।

फिल्म पुस २७ गते शुक्रबारबाट प्रदर्शनमा आउँदैछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय