ट्याङग्राखोला करिडोर निर्माणमा सक्रिय बन्दै वडा अध्यक्ष पोखरेल

इटहरी,१८पुस।इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडा अध्यक्ष दिवस पोखरेलले खोलाको मापदण्ड मिचेर निर्माण भएका संरचना भत्काउन सुरु गरेका छन् ।
खोलाको दायाँबायाँ निर्माण गरिएका अस्थायी टहरा तथा भौतिक संरचनाले खोलाको मापदण्ड मिच्नुको साथै नगरको शुन्दरता र वातावरणलाई समेत प्रभाव पारेको भन्दै ती संरचना भत्काउन थालिएको अध्यक्ष पोखरेलले परेवान्युजलाई बताए।उनले ट्याङ्रा खोला हटिया लाइनमा भत्काउन सुरु गरिएको र अब खोलाको दायाँबायाँ नै करिडोर निर्माण गरिने समेत बताए।
नगरपालिकाले यस अघिनै हटाउने निर्णय गरिसकेकोले आफुले स्थानियसंग समन्वय गरेरै उक्त कदम चालेको र यसमा उपमहानगरपालिकाको समेत साथ रहेको बताए। सैनिक क्लबबाट भत्काउन सुरु भएको र त्यो बाटो पुर्व-पश्चिम हाइवेमा जोडिने वडा अध्यक्ष पोखरेलको भनाइ छ।


