के विमलेन्द्र निधिकाे क्रेज घटेकै हाे ?
मनोज कुमार कर्णकेही विगत तथा देउवाका चाणक्य
नेपाली काँग्रेसकाे सादगी नेता, बाैद्धिक, शान्त, अहिंसामा विश्वास गर्ने तर सधैं भरी सम्झिने नेतामा दिवंगत महेन्द्रनारायण निधि तथा उनका सुपुत्र विमलेन्द्र निधि पर्नुहुन्छ । यस्ता बेदाग नेता काँग्रेसमा स्व. भीमबहादुर तामाङ्ग, स्व. कृष्णप्रसाद भट्टराई, स्व. सुशील काेईराला, स्व. प्रदिप गिरी र केही अन्य थाेरै हुनुहुन्छ । यद्यपि नेता विमलेन्द्र निधि भने नेपाल विद्यार्थी संघकाे नेतृत्वबाटै आफ्नै बलबूत्तामा पहिचान बनाएका नेता हुन् । हुनत उनका प्रतिस्पर्धीहरूले उनले पित्ता दि. निधिकाे विरासतमा राजनीतिमा चम्केकाे आराेप लगाउँछन् तर याे असत्य हाे किनकि त्यस्ताे भन्नेहरूलाई काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिबीच महामानव तथा समाजवादी चिन्तक विश्वेश्वरप्रसाद काेईरालाले (वीपी) ले बनाईदिनु भएकाे दह्राे गठबन्धनबारे थाहै रहेनछ वा बुझ पचाउनु हुन्छ, जसप्रति दया गर्नुपर्छ हामीले ।
यथार्थमा नेपाली काँग्रेसकाे उपसभापतिसमेत १३औं महाधिवेशनबाट रहनुभएका विमलेन्द्र र देउवाकाे सहयात्रा नेपाल विद्यार्थी संघकाे पहिलाे अधिवेशनदेखि नै हाे जब देउवा सभापति वीपीद्वारा बनाईनु भयाे अनि निधि उनका दाहिने हाथ महामन्त्री । तर तात्कालीन सभापति देउवाले महाधिवेशन गराउन नसक्दा पछि विमलेन्द्र निधिलाई नै नेविसंघकाे सभापति घाेषणा गरियाे र “याे जाेडी कहिल्यै नटुटाउनु” शुभेच्छा वीपीद्वारा व्यक्त गरियाे । विमलेन्द्र त्याे व्यक्ति राजनैतिक पीडित पञ्चायतबाट हाे जसकाे एसएलसीमा त पुलिस-प्रशासनकाे असर पर्याे नै, राराब क्याम्पस जनकपुरमा आईकम पढ्दा राजनैतिक कारणले नै रस्टिकेट हुन परी पाटन संयुक्त क्यनम्पस, पाटनढाेकामा प्रशासनिक अवराेधपछि आएर अध्ययन पूरा गर्नुपर्याे । यतिमात्र हैन कि २०४६ सालताका पञ्चायतकाे सुट वारन्टमा परेर बल्ल ज्यान जाेगाएका थिए ।
विमलेन्द्र निधि एक निष्ठावान सदैव देउवाप्रति राजनीतिक हरेक उतार-चढावमा सँगै रहेर प्रमाणित गरिसकेका छन् । अझ विमलेन्द्र निधिलाई धेरैले देउवाकाे चाणक्य पनि भन्छन् । याे सत्य नै हाे किनकि भारतमा जसरी नरेन्द्र माेदीलाई सफल राजनेता बनाउनमा मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्म जति र जसरी हाथ अमित शाहकाे रहेकाे छ, त्यहि अवस्था देउवालाई सभापति बनाएर नेपालकाे परिवेशमा पटकपटक प्रधानमन्त्री बनाउनमा निधिकाे हाथ हाे, याे बेग्लै कुरा हाे कि देउवाले देशकाे लागि पूर्ण उपयाेगी हुन सक्नुभएन वा अवस्था देशमा प्रतिकूल भयाे उनका लागि र देउवाले भने निधिप्रति दिएकाे १३ औं महाधिवेशनताकाकाे वचन पालन गर्न सक्नुभएन ।
वास्तवमा त्याे विमलेन्द्र निधिकाे बुद्धि-विवेक हाे जसले माओवादीकाे दस वर्षे सशस्त्र जनयुद्ध ताका फुटेर बनेकाे प्रजातान्त्रिक काँग्रेसलाई मुद्दामा माओवादीकाे समानान्तरमा “कदमजम” अर्थात्, (क)र्णाली, (द)लित, (म)धेशी, (ज)नजाति र (म)हिलाकाे मुद्दा सरकारबाट उठाएर पुर्याए । यहि “कदमजम”वाला प्रजातान्त्रिक काँग्रेसकाे नारा २०६४ सालमा काँग्रेस पुन: एक हुँदा सगाेल नेपाली काँग्रेसलाई “कदमजम”काे लिगेसी लिएर काँग्रेसकाे पुरातन चिन्तनबाट माथि उठेर एकैचाेटी नेपाललाई समावेशीता, आरक्षणजस्ता मुद्दालिई संघीय लाेकतान्त्रिक गणतन्त्रसम्म पुर्याईदियाे । २०५८ असाेज १८ गतेकाे पूर्वराजा ज्ञानेन्द्रकाे शाही कदमले सत्ता खाेस्दा (Soft coup) लाई साे बेला प्रम देउवाले समर्थन गरिदिएर देउवालाई पनि प्रतिगामीकाे भारी पगडी गुत्थाई दिएकाे अवस्थामा निधिकाे यहि अग्रगमणकारी साेच र मुद्दाले पुन: स्थापित गरायाे । यति मात्र हैन कि सभापति शेरबहादुर देउवाकाे हरेक राजनैतिक दाेधारकाे बेला, छिमेकी देशहरूकाे सुहृद खासगरी एशियामा दिलाउन, उनका सरकारहरू देशमा बन्ने सूत्र पत्ता लगाएर टिकाउने जस्ता कामहरू विमलेन्द्र निधिले नै न्यूक्लियसकाे जस्ताे काम गरिरहेका थिए र छन् पनि । यस अर्थमा देउवाका “चाणक्य” निधि नै हुन् ।
काँग्रेसकाे चाैधाैं महाधिवेशन
नेपाली काँग्रेसकाे १३औं महाधिवेशनमै शेरबहादुर देउवाले “याे बेला मलाई देउ, चाैधाैं तिम्राे भयाे” भन्नू भयाे तर १४ औं महाधिवेशनसम्म आईपुग्दा देउवा-निधिकाे वीपीद्वारा बनाईएकाे सुन्दर जाेडीप्रति ईर्ष्या राख्ने केही आन्तरीक प्रतिस्पर्धीद्वारा यी दुई नेतालाई अलग्याउने प्रयास भयाे । यसै कारणले देउवाले दिएकाे वचनबाट पछि हटेर “म यसपाली लड्छु, ऊ पनि लड्छ सभापतिमा” बाेलिदिए ! तर वास्तवमा त्याे अति विद्वान्, सिद्धान्तवादी र मृदुभाषी दिवंगत प्रदिप गिरि थियाे जसले निधिलाई “उचित समय भयाे, अब सभापतिमा लड्नुपर्छ” भनेर काँग्रेसलाई रूपैयाँ, अनैतिकताबाट भन्दापनि नीति, सिद्धान्त र नैतिकताकाे बाटाेमा डाेर्याउनलाई उत्प्रेरित गरेर सभापतिमा उठाउनु भयाे । तसर्थ, निधि कहिल्यै देउवासँग विराेधी भई प्रतिस्पर्धी भएनन् तर सच्चा प्रतिस्पर्धी नै भएर लडे ।
देउवाबाहेकका बाँकी सबै सभापतिका प्रतिस्पर्धी निधि, डा. शेखर काेईराला, डा. शशांक काेईराला (जाे उठ्छु भनेर अन्तिम समयमा देउवानिकट पुगे, सभापतिमा उठेनन् र देउवाईतर उम्मेदवारहरूकाे पटकपटककाे बैठकका सबै गाेपनीयता देउवासामु पुर्याईदिए), प्रकाशमान सिंह र कल्याण गुरूङ्बीच सम्झाैता भए अनुसार निधिले वचन दिनुभएकाे थियाे कि पहिलाे राउण्डमा देउवालाई सभापतिबाट राेक्ने र दाेस्राे राउण्डकाे चुनावमा दउवाईतरबाट जसकाे सबभन्दा बढी भाेट पहिलाेमा आऊनेछ, उसैलाई सबैले सघाउनेप्रति निधि खर्राे उत्रे अर्थात् देउवाले पहिलाे राउण्डमा सभापति जित्नसक्नु भएन तर अन्यले धाेखा दिए । दाेस्राे राउण्ड नहुँदै देउवाले पहिला निधिलाई नै सघाउन आग्रह गरे तर निधि नैतिकवान भई अडिदिंदा अर्थात् नसघाउने हुँदा देउवाले तत्कालै तेस्राे बढी मत ल्याउने प्रकाशमान सिंह कहाँ दूत पठाएर केही कराेड खर्चकाे लेनदेनसहित श्रीमतीलाई स्थानिय निर्वाचनमा मेयरकाे टिकट आदिकाे प्रलाेभनमा सहयाेग लिन सफल भए ।
निधि र सिंह कहाँ उमाकान्त चाैधरी र बालकृष्ण खाँडहरू दूतका कामहरू गरिरहेका थिए । नेता सिंहसँग कागजमै लिखित्तम सम्झाैता गरिसकेपछि देउवाले निधिलाई अचानक फाेन गरेर “म तिम्राे निवासमा भेट्न आऊंदैछु” भनेर पुगेर सम्झाैता नै भएकाे बताईदिएपछि देउवाईतर नेताहरूबाट “धाेखा” भैसकेकाे थाहा पाएर अब आफ्ना, कल्याण र डा. शेखरमात्रकाे भाेटले डा. शेखर काेईरालाले नजित्ने साे बेलाकाे अंकगणित अनुसार “बाध्य” भई आफ्नाे समर्थनपनि देउवालाई नै दिए । अत: निधिले नभई अरू नै काेही देउवाईतर सभापति उम्मेदवारहरूकाे एकतामा निष्ठावान देखिएनन् र निधिले साईड लागे ।
यस महाधिवेशनताका अवश्यपनि देउवा समर्थक दाेस्राे, तेस्राे तहका पहिला आफ्नै सहकर्मीहरू रहेका बालकृष्ण खाँड, महेन्द्र यादब, कृष्ण यादबहरू गुटबन्दीका कारणले निधिलाई मधेश प्रदेश काँग्रेसमा एक्ल्याउन भरमग्दुर प्रयास गरे जसमध्ये कतिपय यस्ता परे जसलाई काँग्रेसमा नेता, मन्त्री, साँसद बनाउने काम स्वयं निधिले नै विगतमा गरेका थिए ! नैतिकताकाे खडेरी देखाउनुभन्दा देउवाकाे गुटमा लागेपनि प्रथम मधेशी सभापति निधि उठिरहँदा कम्तिमा अप्ठ्याराेपार्ने काम र मत विभाजन गर्ने काम नगरिदिंदा मधेशीहरूकै लागि पनि राम्रै हुन्थ्याे आगामी महाधिवेशनहरूमा ।

स्थानीय र संसदीय निर्वाचन, २०७९
चाैधाैं महाधिवेशनपछि चाँडै देउवा-निधिकाे सम्बन्ध तीव्ररूपमा पूर्ववत् हुन गयाे तर निधि पक्षमा लाग्नुभएका स्थानिय र प्रादेशिकस्त्तरका नेताहरूकाे भविष्य धेरै जनाकाे चाहिँ २०७९ काे चुनावमा स्थानियदेखि संसदसम्म दाउमा पर्याे । हुनत निधिले सक्दाे प्रयास गरेकै हुन् निकैलाई तान्न र सफलपनि भएकै छन् । तर जनकपुरधामकाे मेयरमा निधिले विशेष “बुद्धि” नलगाएकाे भए काँग्रेसी मेयर मनाेज साहकाे ठाउँमा आज जसपा वा अन्य कुनै दलकाे जित्थ्याे हाेला जसकाे लागि देउवा र सिङ्गाे काँग्रेसले निधिकाे सामर्थ्य र बुद्धि प्रयाेगमा विशेष धन्यवाद दिनैपर्छ ।
तर खुला सत्य अनुसार नेपालकाे निर्वाचन जित्नलाई सबै स्राेत चाैधाैं महाधिवेशनमा खर्चेका र आफ्नैहरू पनि मधेशमा “पराया” तत्काल भएकाे ठानी निधिले २०७९ काे संसदीय निर्वाचनमा प्रत्यक्ष निर्वाचन नलडेर समानुपातिकमा बस्न रूचाउनु भयाे र जनताकाे सेवामा मन लगाउन राेज्नु भयाे । हुनत निधि यति कमजाेर यसपाली हुनुहुन्थेन कि चुनाव उनी नजितुन् !
विकास, संविधान पालक तथा समावेशिता
ईतिहास साक्षी छ कि विमलेन्द्र निधि जब जब मन्त्री बने केही अमिट छाप छाेडे मन्त्रालयमा । उनी सामान्य प्रशासन मन्त्री बन्दा दरबन्दी लुकाएर करार राख्ने कुप्रथालाई हटाएर लाेकसेवा आयाेगलाई जानकारी गराएर विज्ञापन गराउनुपर्ने बाध्यात्मक अवस्था देशकाे पक्षमा गरे । भाैतिक याेजना मन्त्री रह्नुहुँदा निधिले भक्तपुरका पाईलटबाबा आश्रमजाने बाटाे पक्की, ढल्केबर-जलेश्वरसम्म बाटाे चाैडा, हुलाकी सडक आदि निर्माण, रेल्वेसम्बन्धी कार्यहरू फटाफट् अगाडि बढाईनु आदि कार्यहरू देशैभर पूरा भए, अन्य मन्त्रीकाे तुलनामा तीव्र विकासहरू भए । गृहमन्त्री छँदा दशैंमा रात्री तथा लामाे दूरीकाे बसले सीटभन्दा बढी यात्रु र काउण्टरभन्दा बाटाेबाट काटेर स्टूलमा बीच-बीचमा यात्रु हाल्ने, छत्तमा चढाउने जति मिहिन कामहरू समेत निगारनी गरि सफल बनाएकै हुन् ।
निधि एक सच्चा संविधानका पालक हुन् । उनी बुझ्छन् कि लाेकतन्त्रमा जनता भगवान सर्वशक्तिमान हुन्छन् तसर्थ जनताले लडेर ल्याएकाे व्यवस्था र संविधानलाई जहिलेपनि शिराेधार्य गर्ने । यहि कारण हाे कि उनी वर्तमान संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक संविधान, २०७२ लाई शिराेधार्य गरि पूर्ण प्रभावकारीरूपमा लागू हुनुपर्दछ ठान्छन् । याे नेपालमा राजनीति के हाेला ? जनताले के काेर्ष लेलान् ? भन्ने अवस्था आजै नरहँदा भाेली जनता समर्थित जे हाेला त्याे भविष्यमा सम्मान गर्ने तर आज वर्तमान संविधानकाे केवल पक्षमा उभ्ने बुझ्नु हुन्छ जुन संवैधानिक निष्ठा उहाँमा झल्किन्छ तर प्रतिगामी केही आलाेचकहरूले काँग्रेसमै पनि सनातन हिन्दू विराेधी रहेकाे भाष्य बनाउँछन् जबकि नेपालदेखि अयाेध्यामा श्रीराम मन्दिर निर्माणमा मूर्ती बनाउनलाई गण्डकी नदीबाट शिलालिएर चढाउन गएका उनी नै हुन् । शायद आलाेचकहरूले राजनीतिमा उनीसँग नसकेर धर्मनिरपेक्षताकाे अर्थ हिन्दू वा कुनैकाे विराेधी नभई आफ्नाे धर्मकाे प्रति विशेष सजग हुँदै अन्य धर्मलाई सम्मान गर्ने हाे कुरा बिर्सेर हिलाे छ्याप्ने प्रयास गरे ।
मलाई लाग्छ नेपालमा काँग्रेसबाट विमलेन्द्र निधि र लाेसपाबाट मन्त्री शरदसिंह भण्डारी जति शायदै काेहि नेता हाेलान् जाे मधेशी, पहाडी र त्यसमा पनि जातपात केही नहेरेर सक्दाे धेरै जात र समुदायबाट आफ्ना सचिवालय सहयाेगीहरू राखेर समावेशीताकाे उच्च नमूना प्रस्तुत गरेका छन्, नेता निधि त झन् पहाडी, मधेशीमा कायस्थ, साह, यादब, पूर्वे, झा, पासमान आदिलाई समेटेका छन् । वास्तविकता थाहा नपाएर केबल विराेधकाे लागि विराेध गर्नेहरूलाई राम, राम सिवाय केही भन्न सकिँदैन ।
अकबरी सुनलाई कसी लाउनुपर्दैन
गत पाैष ५ गते साल २०८० काे दिन जनकपुरमा पहिलाे मधेश प्रदेश काँग्रेसकाे प्रादेशिक भेलामा सभापतित्व गर्नुभएका प्रादेशिक सभापतिकाे कारण तथा डा. शेखर काेईरालालाई वरियताकाे विवादमा नबाेलाईनु आदि प्रभावले नेता विमलेन्द्र निधिलाई सहभागीले मञ्चासीन र सम्बाेधन गरेकाे देखेनन् । यसबाट कतिले “निधिकाे समय अब गयाे” भने कतिले “निधि अब डा. शेखर समूहमा गयाे” जस्ता मनगढन्ते कुराहरू मिडियाबाजी गरे । तर सत्यता कुनैपनि कुरामा मैंले बुझे अनुसार छैन किनकि निधि आफैं सभापति तथा प्रधानमन्त्रीका उम्मेद्वार छन् अनि डा. शेखर कहाँ के गर्न जानू ? अनि जहिलेपनि साैहार्द्र वातावरण सबैसँग मिलाएर प्रतिस्पर्धामा उत्रने निधि देउवाबाट किन टाढिएर कसैकाे नजिक जानू ? वा, डा. शेखर वा अन्यसँगैपनि काँग्रेसमा निधिकाे कहिले के बिग्र्याे र कसैबाट नजिक वा टाढा रह्नुपर्ने ?
अर्काे कुरा, काँग्रेसमा देउवाका बालकृष्ण खाँण “दाहिने हात” जेल पुगेर फर्किनुभएकाे छ भने डा. प्रकाशशरण महतकाे अर्थमन्त्रीकाे पर्फाेर्मेन्स तथा ईमेज जनतामा कस्ताे छ (?), उपसभापति पूर्णबहादुर खड्का ईमान्दार, सदाचारी निधिझैं रहेपनि देउवा गुटबाहेक काेहि पुग्दा उनी बाेल्नसमेत नचाह्ने, टर्राे बाेल्ने “पब्लिक रिलेशन”भएकाे कस्लाई थाहा छैन ? यस्ताेमा भारतमा नेपालबाट हाल नेतामध्येबाट एकमात्र नेता विमलेन्द्र निधि जसकाे सत्ता र विपक्ष दुवैतिर राम्राे सम्बन्ध छ, अन्य छिमेकी र नेपालकाे मित्र राष्ट्रहरूसँग राम्राे सम्बन्ध रहेकाे, देउवाकाे सुखदु:खकाे साथी, सधैंकाे साथी, सभापतिमा देउवालाई दाेस्राे राउण्ड निर्वाचनमा नि:शर्त समर्थन गरेका, नेपालमै पनि कम्युनिस्टहरूसँग मित्रवत् तथा परे भिडेरै पनि फ्रक्वेन्सी मिलाएर काँग्रेसलाई राजनीतिकाे केन्द्रविन्दूमा मियाे बनाई राख्ने क्षमता भएका तथा आफ्नै ऊत्तराधिकारीपनि बन्ने प्रबल सभापति वा प्रधानमन्त्रीका उम्मेद्वार तथा अनुभवी मन्त्री/कार्यकर्ता विमलेन्द्र निधिलाई सभापति शेरबहादुर देउवाले किन टाढापारेर राख्नु ? यतिपनि नबुझ्ने तर कुरा काट्नेलाई के भन्ने ?

