आन्दोलनरत विद्यार्थीले जलाए मन्त्री ज्वालाको गाडी

काठमाडौं, १३ पुस । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो ।  मन्त्री र उनका पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर युवाहरुले प्रदर्शन गरिरहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय