बिहे गर्ने सोचमा हुनुहुन्छ ? २०८० मा अब ११ वटा मात्रै लगन !

काठमाडौ, १४ पुस । यदि तपाईंको २०८० सालमै बिवाह गर्ने सोच छ भने अब तयारी गर्नुस । किनभने यसवर्ष पुस महिना र चैत्र महिनामा खासै विवाह गर्ने चलन छैन। त्यसैले यो महिना विवाह हुँदैन । माघ र फागुनमा पनि अब बिहेको ११ वटा साइत बाँकी रहेको छ ।
माघमा बिहेको साईत ६ दिन परेको छ भने फागुनमा ५ दिन रहेको छ । पञ्चांग निर्णायक समितिले परिभाषित गरे अनुसार माघको २ गते, १६ गते, १७, २१, २३ र २९ गते मात्रै विवाहका लागि उपयुक्त साईत परेको छ ।
त्यस्तै फागुन १९ गते, २१ गते, २२, २३ र २४ गतेपनि विवाहको साईत परेको छ । यी दिनहरुका लागि भन्दै पार्टी प्यालेस र होटल बुकिङ भएका छन् ।
विवाहको लागि आवस्यक मण्डप डेकोरेशन, फोटोग्राफी, भिडियोग्राफी, गाडी, बग्गी, माला, फूल, बाजा, पुरोहित, पूजा सामग्री, मेकअप, मेहेन्दी तथा अन्य विवाह सम्बन्धीका पसल तथा बुटिक र अन्य व्यसायीको व्यस्तता बढेको छ।

