स्वास्थमन्त्री बस्नेत र मेयर कार्की बीच भेटवार्ता

काठमाडौ,५पुस।स्वास्थमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेत र कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की बीच भेटवार्ता भएको छ।
स्वास्थमन्त्री बस्नेत र मेयर कार्कीबिच स्वास्थ मन्त्रालयमा भएको भेटमा कागेश्वरी मनोहरा नगरपालिकाको समग्र स्वास्थ्य सुधार र मन्त्रालयले गर्नसक्ने आवस्यक सहयोग बारे छलफल भएको छ।

भेटपछि स्वास्थमन्त्री बस्नेतले कागेश्वरी नगरपालिकाका स्थानीयलाई आवश्यक स्वास्थ सेवा र त्यसको लागि पुर्वाधार निर्माणका साथै अन्य सहयोग पनि गर्ने वचन दिएका थिए।
यसैगरी मेयर कार्कीले नगरमा भएको स्वास्थ क्षेत्रको गतिविधि जानकारी गराउनुको साथै आवस्यक अन्य सेवा सुबिधाबारे ध्यानाकर्षण सहित मन्त्रालयको तर्फबाट हुनसक्ने सहयोगको लागि आग्रह गरेका थिए।

