ब्रेकिङ : दुई दिनभित्र मन्त्रीमन्डल हेरफेर हुने !

काठमाडौ,५पुस।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक/दुई दिन भित्रमा नै सरकारमा सहभागी अधिकांश मन्त्रीहरू परिवर्तन गर्ने भएका छन् ।
यससम्बन्धी निर्णयको लागि गठबन्धन भित्रका शिर्ष नेताको टेलीफोन बार्ता भैरहेको र आइतबारसम्म मन्त्रीहरूलाई फिर्ता बोलाउने कुरामा लगभग सहमति जुटेको स्रोतको भनाइ छ।प्रधानमन्त्री निकट स्रोतका अनुसार हाल मन्त्रीहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका बाहिर नजान भनिएको छ। यसको मत्लब छिट्टै सरकारका धेरैजसो मन्त्रीहरु घरफर्किने निश्चित छ।
हाल सरकारमा सहभागी दलहरू भित्रै पनि आफ्ना मन्त्रीले सन्तोषजनक काम गर्न नसकेको र यसले जनता र पार्टी दुबैलाई घाटा पुगेको भन्ने असन्तुष्टि बढेको छ। मन्त्रीहरुले काम गर्न नसकेको भन्ने कुरा सरकारमा सहभागी सबै भन्दा ठूलो दल नेपाली कांग्रेस भित्र उठेको छ। पार्टी भित्रको शेखर-गगन समुह त्यो सरकार नै परिवर्तन हुनुपर्ने भनिरहेको छ।
यता सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र पनि मन्त्री हेरफेर गर्ने निर्णयमा पुगेको छ।आज बस्ने पार्टी पदाधिकारी बैठकमा समेत सो बिषय उठ्ने बुझिएको छ। माओवादीबाट मन्त्री मण्डलमा सहभागी मध्य शक्ति बहादुर बस्नेत र सुदन किराँती फिर्ता हुने पक्कापक्की जस्तै छ।
एकीकृत समाजवादी भित्र पनि मन्त्री भएका बेदुराम भुषाल र प्रकाश ज्वाला दुबैको काम सन्तोषजनक नभएको भन्दै फिर्ता बोलाउने तयारी छ भने जसपाले समेत शिक्षा मन्त्री अशोक राइलाई फिर्ता बोलाउने छ।
नेपाली कांग्रेसले उपप्रधानमन्त्री खड्का बाहेक सबैलाई फिर्ता बोलाउन सक्ने स्रोतको भनाइ छ। स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले भने फिर्ता हुन चाहेका छैनन्।स्रोतका अनुसार यदि उनी फिर्ता बोलाइएनन भने पनि उनको मन्त्रालय फेरिन सक्छ।

