अझै केही दिन पानी नपर्ने, चिसो बढ्ने

काठमाडौं,५ पुस। देशभर केही दिन पानी नपरेपनी चिसो भने बढ्ने भएको छ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(बिहीवार) देशभरको मौसम सामान्यतया सफा रहने भएको छ। महाशाखाले जारी गरेको मौसम सम्बन्धी सूचनामा हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख छ।

महाशाखाले शुक्रवारसम्म नै मौसम सामान्यतया सफा रहने बताएको छ। पश्चिमी वायुको प्रभाव रहेका कारण शुक्रवारसम्म वर्षा र हिमपातको सम्भावना न्यून रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाले देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न भने आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।काठमाडौ लगायत देशका मुख्य शहरमा चिसो बढ्ने क्रममा छ भने हिमाली जिल्लामा हिउँ पर्न थालेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय