बस र ट्रक ठोक्किदा दुबै सवारी चालक सहित ३ को मृत्यु

काठमाडौ,४पुस।बाराको अमलेखगञ्जमा बुधबार बिहान बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा चालक सहित तीन जनाको मृत्यु भएको छ।
दुर्घटनामा दुवै सवारी साधनका चालक र अर्का एक यात्रुले ज्यान गुमाएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा अन्य २७ जना घाइते भएका छन्।
झापाबाट काठमाडौँ आउँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्ज नजिकै पर्ने तीन नम्बर पुलमा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब २ बजे भएको दुर्घटनामा ट्रक चालक तनहुँको पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका- ३ का ४० वर्षीय हरि शम्शेर सुयालकाे मृत्यु भएकाे छ। दुर्घटनामा करिब ३५ वर्षीय एक पुरूषको मृत्यु भएको छ। तर ती पुरुषको भने सनाखत हुन सकेको छैन।

