बुटवललाई हराएको पोखरा एनएसएलको प्लेअफमा

काठमाडौं, ३ पुस । पोखरा थन्डर्स एफसी काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको प्लेअफमा पुग्‍ने पहिलो टोली बनेको छ । मङ्गलबार साँझ भएको खेलमा बुटवल लुम्बिनीलाई १-० गोलअन्तरले हराउँदै पोखरा एक खेल अगावै प्लेअफमा पुगेको हो ।

पोखराको जीतमा मोसेस ग्याबा तुमले इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । सिजनको चौथो गोल गर्ने क्रममा उनले आयुष घलानको थ्रु बलमा बक्सको दाँयातर्फबाट गोल गरेका थिए ।

खेल अवधिभर बुटवलले पनि गोल गर्ने थुप्रै अवसरहरु खेर फालेको थियो । यस जितसँगै ७ खेलमा १४ अंक जोडेको पोखरा अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । अन्तिम खेलमा धनगढी एफसीसँग पराजित भएपनि पोखरालाई कुनै असर गर्ने छैन ।

बुटवल भने ७ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । बुटवललाई अब प्लेअफमा पुग्‍नका लागि अन्य खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय