चीनमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा १०० को ज्यान गयो

काठमाडौं, ३ पुस । उत्तरी चीनमा भूकम्प जाँदा कम्तिमा १०० जनाको ज्यान गएको छ । दुई सय भन्दा बढी घाइते भएका छन् ।

नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।

भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय