चेतावनीसहित शाहरुख खानको डंकी सेन्सर पास

नयाँ दिल्ली । बलिउडका किंग शाहरुख खानको बहुप्रतिक्षित फिल्म डंकीले अन्ततः सेन्सर बोर्डबाट प्रमाणीकरण पाएको छ । पठान र जवान जस्ता ब्लकबष्टर फिल्मपछि शाहरुख यो वर्ष तेस्रो पटक बक्स अफिसमा आफ्नो जादु देखाउने तयारीमा छन् । शाखरुखको यो कमेडी ड्रामाले हिट्को ह्याट्रिक लगाउँला त ?

सेन्सर बोर्डले थोरै काँटछाँट गरेर फिल्म प्रदर्शनको अनुमति दिएको छ । फिल्म मल्टीपल स्क्रिनमा रिलिज हुँदैछ । डंकीमा बोर्डले धेरै दृश्यमा कैँची चलाएको छैन । तर चेतावनी शब्दमा हेरफेर गरिनुको साथै केही दृश्यमा एड्जस्मेन्ट गरिएको छ । बलिउड हंगामाका अनुसार सेन्सरको कैंचीपछि डंकीको समय २ घण्टा ४१ मिनेट भएको छ । बोर्डले डिसेम्बर १५ मा फिल्मको रिभ्यू गरेको थियो । त्यसपछि फिल्मलाई यू/ए सर्टिफिकेट दिएको छ ।

फिल्मबाट जुनिएर एक्टरका केही सिन काटिएको बताइएको छ । बोर्डले केही दृश्यमा भने वैधानिक चेतावनी राख्न निर्देशन दिएको छ । डंकीका निर्देशक राजकुमार हिरानी हुन् । फिल्म डिसेम्बर २१ मा रिलिज हुँदैछ । फिल्ममा शाहरुखको साथमा तापसी पन्नु, विक्की कौशल, बमन इरानी र विक्रम कोचर पनि देख्‍न पाइनेछ । फिल्मको कथा कमाउनका लागि भनेर देश छाडेर विदेशिने मरिमेट्नेहरुमा केन्द्रित छ ।

एड्भान्स बूकिङबाट पहिलो दिनै सवा १ करोड भारु कमाई

फिल्मको एड्भान्स बूकिङ डिसेम्बर १६ बाट सुरु भएको छ । स्याकनिल्कका अनुसार पहिलो दिनमा एड्भान्स बूकिङमार्फत फिल्मले १ करोड २४ लाख भारु कमाएको छ । खबरका अनुसार पहिलो दिन भारतमा फिल्मको ३३ हजार ७ सय ७० ओटा टिकट विक्री भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय