बोका चोरेको आरोपमा गुल्मीबाट दुई पक्राउ

गुल्मी, २ पुस । गुल्मीमा बोका चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका बस्ने २३ वर्षीय युवक तथा नाम थर नखुलाइएका अर्का एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रेसुङ्गा नगरपालिका-५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले खोरबाटै बोका चोरी भएको भनी प्रहरीमा निवेदन दिएपछि अनुसन्धानका क्रममा खोजी हुँदै जाँदा दुई जना पक्राउ परेका हुन् ।
उनीहरूले बोका काटेर केही मासु खाएको र केही मासु बिक्री गरेको बताएका छन् । पक्राउ परेका दुवै जनालाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

