विश्‍वकै धनाढ्य विनोद चौधरीको सिजी टेलिकमको लाइसेन्स खारेज

काठमाडौं, १ पुस । विश्वकै धनाढ्यको सूचीमा रहेका उद्योगपति एवं नेपाली कांग्रेसका सांसद बिनोद चौधरीको लगानी रहेको चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ ।

कांग्रेस केन्द्रिय सदस्य समेत रहेका चौधरीले मोबाईल सेवा बिस्तार समेतको अनुमति मागिरहेको बेला उनकै सीजी टेलिकमले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको अनुमतिपत्र खारेज भएको हो ।

चौधरी ग्रुपले अहिले पनि मोबाइल सेवा विस्तारका लागि आधारभूत टेलिफोन सेवाको लाइसेन्स खोजिरहेको छ। तर, सो कम्पनीले समयमा नवीकरणका लागि आवेदन नदिंदा पहिले पाएको लाइसेन्स स्वतः खारेज भएको हो।

नेपाल दूरसचांर प्राधिकरणले दिएको जानकारी अनुसार दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ मा कुनै दूरसंचार सेवाप्रदायकले तोकिएको समयमा आफ्नो अनुमतिपत्र नविकरण नगराए स्वतः खारेज हुने व्यवस्था छ । ऐनमा दूरसंचार सेवाको लाइसेन्सको म्याद २५ बर्ष हुनेभएपनि पहिलोपटक भने १० वर्षको मात्रै हुने भनिएको छ ।

सिजिको लाइसेन्स अवधी गत मंसिर १६ गतेसम्म मात्रै थियो। सो अवधी भित्र नविकरण गराउनुपर्नेमा कम्पनीले अटेर गरेर निवेदन समेत नदिएपछि ऐन अनुसार नै लाईसेन्स स्वतः खारेज भएको स्रोतको भनाइ छ।

सीजी टेलिकमले ग्रामिण भेगमा दूरसंचार सेवा उपलब्ध गराउने भन्दै २०६० मंसिर ५ गते प्राधिकरणबाट लाईसेन्स पाएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय