गुरुकुल अन्तर कलेज फुटसलमा शुक्रबार सेमिफाइनल समीकरण पूरा

रुपन्देही, २९ मंसिर । गुरुकुल एजुकेशन हबद्वारा आयोजित आइएसएमटी गुरुकुल अन्तर कलेज फुटसल प्रतियोगितामा शुक्रबार पहिलो चरण र क्‍वाटरफाइनलका खेलहरु आज सम्पन्न भएका छन ।

१६ टिम सम्मिलित प्रतियोगितामा सेमिफाइनल सम्म पुग्न सफल टिमहरुमा प्यारामाउन्ट कलेज, न्यु होराइजन, सेन्ट जोशेफ र शान्ति नमुना कलेज परेका छन् ।

तिलोत्तमा वडा नं ५ का वडा अध्यक्ष रमेश डुम्रे द्वारा उद्घाटन गरेको प्रतियोगितामा सेमिफाइनल र फाइनलका खेलहरु शनिबार हुनेछन ।

यस प्रतियोगिता तिलोत्तमा नगरपालिका शंकरपुरस्थित युनिक फुटसल ग्राउन्डमा भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय