पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, २९ मंसिर । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।
निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ ।
नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजेल तथा मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।

