कांग्रेस महासमिति बैठक फेरि सर्यो
फागुन ७-१० हुने
काठमाडौं,२९मंसिर । नेपाली कांग्रेसको महासमिति बैठक फेरी सरेको छ । आज बसेको पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको हो।
पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक आगामी फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको हो।
यसअघि पुस १६ देखि ललितपुरको गोदावरीमा महासमिति बैठक गर्नेगरी हल समेत बुक गरिएको थियो। यसभन्दा अगाडी पनि महासमिति बैठक सारिएको थियो।
पुसमा जाडो हुने र माघमा राष्ट्रिय सभा निर्वाचन भएकोले यो तेस्रो पटक फागुनका लागि महासमिति बैठक सारिएको हो। दुई दिन अघि सम्पन्न पार्टी भित्रको डा.शेखर कोइराला गुटको भेलामा महामन्त्री गगन थापाले महासमिति बैठक नसर्ने ठोकुवा गरेका थिए।

