ब्रेकिङ: एमाले अध्यक्ष ओलीमाथी मुक्का प्रहार

धनकुटा,२७ मंसिर।नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली माथी धनकुटामा मुक्का प्रहार भएको छ।
मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका अध्यक्ष ओलीमाथि स्वागत गर्न बसेका एक व्यक्तिले धनकुटामा मुक्का प्रहार गरेका हुन् ।
भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् ।

